नेपालगन्ज – क्रिसमसको अवसर पारेर चलचित्र ‘हनी बनी’को निर्माण घोषण भएको छ । एबी इन्टरनेशले निर्माण गर्ने चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटको सहकार्य रहने हनी बनीको आउँदो अप्रिलदेखि छायाँकन सुरु हुनेछ ।
चलचित्रमा कलाकार भने पक्का भैसकेका छैनन् । यद्पी ‘सम्हालिन्छ कहिले मन’बाट डेव्यु गरेका नायक सोनम तोप्देनको चलचित्रमा हुने सम्भावना छ भने नायिका र छायांकार भारतबाट ल्याउने तयारी भैरहेको निर्माता अजित कुमार थापा बताउँछन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम हुन् ।
लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको लागत ७ करोड अनुमान गरिएको छ । केही हप्तामा ‘हनी बनी’का लागि अडिसन आह्वान गरेर पनि कलाकार छनोट गरिने जानकारी निर्माण टिमले दिएको छ ।