ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरिफुरी’को शीर्षक गीतको भिडियो सोमबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । ‘ओइ ओइ पियारी’ शीर्षकको नृत्यपरक गीतमा बेनिशा पौडेल तथा समिर आचार्यको स्वर सुन्न सकिन्छ । निर्देशक आचार्य र दीपक शर्माद्वारा रचना गरिएको उक्त गीतमा दीपक शर्माले संगीत भरेका छन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित आदिले आकर्षक नृत्य गरेका छन् ।
सामाजिक बिषयमा कमेडी मिश्रित फिल्म ‘चुरिफुरी’ मा रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ , राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारको अभिनय छ ।
आगामी ९ पुसलाई प्रदर्शन मिती तोकेको फिल्ममा निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेका छन । फिल्मको बितरण भने डिसिएनले जिम्मा लिएको छ ।