Close sidebar

‘किडस् एण्ड टीन वर्डवाईड नेपाल’महेन्द्रनगरमा

अशोज ११, २०७८

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सौन्दर्य प्रतियोगिता ‘किडस् एण्ड टीन वर्डवाईड नेपाल’ सुरु भएको छ । जुनियर र जुनियर टीन दुई विधामा भईरहेको रहेको सौन्दर्य प्रतियोगिता शनिबारबाट महेन्द्रनगरमा सुरु भएको हो । प्रतियोगिता मन्जीष्टिक ग्रुपले आयोजना गरिहेको प्रतियोगिताको शनिबारबाट अडिसन सुरु भएको छ ।

प्रतियोगितामा भाग लिन चाहाने ६ देखि १२ वर्ष र १३ देखि ३१ वर्ष उमेर समुहका युवाहरुले भाग लिन पाउँछन् । नाम दर्तासँगै अडिसन निरन्तर जारी रहन्छ । प्रतियोगिताको बिजेताले ताजसँगै अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन।

मोडलिङ तर्फ रुचि भएका युवा युवतीको अन्र्तरनिहित क्षमताको विकास गरि अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गराउने प्रतियोगिताको उद्देश्य रहेको ग्रुपका फाउन्डर तथा कोरियोग्राफर मन्जेस गिरीले बताए । । प्रतियोगितामा सहभागी हुन चाहानेले ९८०९४२७२७९ र ९८२४४५९२६१ मा सम्पर्क गर्न सक्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता दशै अघि समापन हुनेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया