Close sidebar

चलचित्र ‘लोभीपापी’को ‘डार्लिङ’मा जयकिशन र अस्मिता

चैत्र १२, २०७७


काठमाडौं – चलचित्र ‘लोभीपापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर तथा ओमकै शब्द, संगीत छ । साइराम पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गीतमा जयकिशन बस्नेत र अस्मिता जुरेली फिचर्ड छन् ।


रिलिजको तयारीमा रहेको चलचित्रमा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको अभिनय छ ।अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायांकन छ । चलचित्रका निर्देशक शिवम अधिकारी हुन् । मोसन स्टुडियोमा पोस्ट प्रोडक्सन भइरहेको चलचित्रको प्रस्तुतकर्ता मोसन स्टुडियो नै हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया