Close sidebar

निर्देशक शोभितको ‘डाँडाको बरपीपल’मा शिव, गौरी र सलोन

चैत्र १२, २०७७

काठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बरपीपल’को बिहीबार राजधानीमा मुहुर्त गरिएको छ । चलचित्रलाई निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने छन् ।


चलचित्रा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहतराजको अभिनय रहनेछ । निर्देशक शोभितले चलचित्र पारिवारिक कथामा तयार हुने बताए । उनका अनुसार चलचित्रका लागि तीन नायिका र एक नायक केही दिनमा फाइनल हुनेछन् ।


चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ । ७५ दिनको छायांकन तालिक रहेको चलचित्र काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा खिचिनेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया