नेपालगन्ज – राघव आचार्यले निर्देशन गर्न लागेको चलचित्र‘कालीपुरुष’मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । ‘कालीपुरुष’ अहिलेलाई राखिएको चलचित्रको टाइटल मात्रा हो । काम गर्दैजादा चलचित्रको नाम परिवर्तन पनि हुन सक्ने निर्माण युनिटले जनाएको छ ।
विना कार्कीको निर्माणमा मानकृष्ण महर्जनको छायाँंकन रहने ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ भने चलचित्रको अन्य टिम समेत छनौटको क्रममा रहेका छन् । सस्पेन्स थ्रिलर कथामा निर्माण हुने चलचित्र इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । चलचित्रको छायाँकन फागुनको अन्तिम साताबाट सुरु बताइएको छ । निर्देशक आचार्यले भारतमा रहेर केही वेव सिरिजमा काम गरेका थिए भने फिल्म मेकिङमा पनि व्यस्त थिए ।