Close sidebar

चलचित्र ‘प्रसाद २’ मा पनि निश्चल बस्नेत

फाल्गुन १०, २०७७

चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । चलचित्रकालागी विपिन कार्की र नम्रता श्रेष्ठ पहिलै अनुबन्धित भएका थिए भने हालै निश्चलले निर्माण टिमसँग औपचारिक सम्झौता गरेका छन् ।

दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा विपिन, नम्रता र निश्चलको अभिनय रहेको थियो जुन बक्स अफिसमा हिट साबित भयो । ‘प्रसाद २’ मा निर्देशक फेरिएपनि कलाकार भने नफेरिने भएका छन् । यो चलचित्रको कथा सञ्चारकर्मी सुशिल पौडेलले लेखेका छन् । ‘प्रसाद’को कथा पनि उनले नै लेखेका थिए । चैत्रको दोस्रो साताबाट छायांकनमा जाने ४५ दिनको सेड्युल राखिएको चलचित्रलाई बाग्लुङमा छायांकन गरिने छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया