सञ्चारकर्मी रवि लामिछाने र गोर्खा मिडिया नेटर्वकको सहकार्यमा नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ च्यानल सञ्चालनमा ल्याएका छन् । उक्त टिभीको लामिछाने म्यानेजिङ डाइरेक्टर हुन् ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै लामिछानेले नेपालमा पहिलो फोरके टिभी ल्याएको बताए । ‘आम सर्वसाधारणको ओझेलमा परेको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउने प्रतिवद्धता र विशिष्ठ मनोरञ्जन प्रस्तुत गर्ने उद्देश्यका साथै हामीले नेपालको पहिलो फारके च्यानल ‘ग्यालेक्सी फोरके’सुरु गरेका छौं’ उनले भने ।
‘ग्यालेक्सी फोरके’ टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे रहेका छन् । ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने भएको छ ।