काठमाडौं – फिल्म ‘लालिमा’ फागुन २९ गते प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिताबारे जानकारी दिएको हो।
यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छिन्। नायिका उषा राजक, नायकहरू शिशिर बङ्गडेल, जीवन भट्टराई, सबिन काफ्ले, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिकामा छन्।
निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो।
फिल्म ‘लालिमा’को भूमिका नायिका रोशनीले निर्वाह गरेकी छन्। उनको आमाको भूमिकामा उषा छिन्।
फिल्मका निर्देशक मिराज भन्छन्, ‘फिल्मको कथा लालिमाको जीवन यात्रासँग सम्बन्धित छ। एक घटनाले लालिमाको जीवन नै नरकमा परिणत हुन्छ। आमाको दबाबमा गलत र गलत काममा लालिमा रहरको कोठा र अन्धकारतर्फ धकेलिन्छन्। त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँचे बाध्य हुन्छिन्। यही क्रममा फिल्म अघि बढेको छ।’
पोस्टरमा नायिका रोशनी कोठाको एक कुनामा बसेर एक इलाइटको हेडबोर्ड समातेको अवस्थामा देखिएकी छन्। उनको अनुहारमा डर, त्रास र पीडाको भाव प्रस्ट देखिन्छ। एक सेतो कपडाले उनले शरीर छोपेकी छन्। उनको माथि लालिमाको रातो रङले उनको चरित्रसँग सम्बन्ध जोड्छ।
‘लालिमा’ एउटा मात्र नभएर शोषण र संवेदनाको अनुभवको पनि जटिल मानवीय कथाको प्रस्तुति रहेको निर्देशक मिराजले बताए। फेथ एण्ड एम्प्लिफाइ चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन्। फिल्मका लेखक मिराज आफैं हुन्।




