Close sidebar

आनासँगको ब्रेकअपको चर्चाबिच ‘रमिताको पिरती’मा सुशान्तको गीत

माघ २९, २०८२
आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच सिनेमा ‘रमिताको पिरती’को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । सुशान्तले रिलिजको चौथो दिनमा ‘तिम्रै छेऊमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सुशान्तको स्वर तथा संगीत रहेको गीत फेसबुक र इन्स्टामा सार्वजनिक गरेका हुन् ।

केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टामा अनफलो गरेको समाचार आएका थिए । योसँगै दुवैको सम्बन्ध सकिएको हल्ला चलेका थिए । तर आनाको मुख्य भूमिका रहेको सिनेमामा सुशान्तले गीत दिनुले उनीहरुबीचको सम्बन्ध हार्दिक रहेको संकेत गर्छ । यति मात्र होइन, सुशान्तले सिनेमा ‘रमिताको पिरती’ राम्रो बनेको प्रतिक्रिया दिँदै आनालाई इन्स्टा पोस्टमा शुभकामना पनि दिएका थिए ।

सार्वजनिक गीतमा धिरज मगर र आनाबीचका दृश्यहरु समेटिएका छन् । गीतले दुवैबिचका हार्दिक क्षणहरुलाई कैद गरेको देख्न सकिन्छ ।

शुक्रबारदेखि प्रदर्शन थालेको सिनेमाले दिनदिनै दर्शक बढाउँदै गरेको निर्माता सागर लम्सालले जनाएका छन् । उनले शनिबारदेखि सिनेमाले दर्शक र प्रतिक्रिया दुवै राम्रो पाउँदै गएको बताए । अर्का निर्माता सुवास कोइरालाले पनि डिलडेसँगै सिनेमाको व्यापारमा उछाल आउने विश्वास व्यक्त गरेका छन् ।

सुदिप्ताको लेखन तथा निर्देशन रहेको सिनेमाले रमिता नामकी युवतीको सम्बन्धका आयामहरुको कथा प्रस्तुत गर्छ । सिनेमाको लेखन/निर्देशनसँगै अभिनय पक्षको तारिफ भइरहेको छ । आना शर्माको अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै दर्शकले सामाजिक सञ्जालमा आनालाई बधाइ दिइरहेका छन् ।

सिनेमामा आनासँगै धिरज मगर, समिर श्रेष्ठ, विनय श्रेष्ठ, रेनु योगी आदिको अभिनय रहेको छ । चलचित्रलाई शिशिर विसङखेले छायांकन गरेका हुन् भने सम्पादन गरेका छन् सुनिल शिवभक्तिले ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया