Close sidebar

चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक,रोशनीको छट्पटाहटको कारण के ?

माघ ३०, २०८२

फागुन २९ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो ।

टिजरमा चलचित्रकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन् । उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य उक्त टिजरमा देख्न सकिन्छ । टिजरमा कथा सस्पेन्स राखिएको छ ।

टिजर

चलचित्र ‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा चलचित्र बनेको हो ।

चलचित्रमा रोशनीसहित नायकहरु शिशिर वाङ्देल, जीनव भट्टराई, नायिका उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ ।

फेथ आस्थाले निर्माण गरेको यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया