Close sidebar

दीवाकर भट्टराईको ‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित

माघ २९, २०७७

निर्देशक दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् । महावीर जैन कलेज मुम्बईबाट ब्याचलर गरेका रोहित अभिनय र ट्राभलमा रुचि राख्छन् । रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखेंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलका लिड अभिनेता हुन् । साथै उनले रियालिटी शो ‘बिग बोस १२’ मा भाग लिएका थिए । ‘तिमीसँगै हुने मन छ’मा यस अगाडी नै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी थिइन् । दर्शकले यी दुईको जोडी चलचित्रको पर्दामा छिट्टै देख्न पाउनेछन् ।

चैत्रको पहिलो हप्ताबाट छायांकनमा जान लागेको चलचित्रमा अन्य कलाकारहरु भने केहि दिनमा फाइनल गरिने छ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र प्रेम कथामा आधारित हुनेछ । निर्देशक दीवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाउदैछन् । छायांकार, कोरियोग्राफर साथै मेकअप म्यान पनि बलिउडबाटै रहनेछन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया