Close sidebar

‘डिसेम्बर फल्स’मा रोमान्टिक आर्यन र उपासना

माघ ३०, २०७७

हाल पोखरामा छायांकन भैरहेको चलचित्र ‘डिसेम्बर फल्स’मा नायक आर्यन सिग्देल र उपसना सिंह ठकुरीले एकै साथ पहिलोपल्ट स्क्रीन शेयर गर्दै छन् । चलचित्रको सेटबाट आर्यन र उपसनाको केही रोमान्टिक तस्विरहरु पनि सार्वजनिक भएका छन् ।

सर्वजनिक तस्विरमा दुबैजनाको केमेस्ट्री जमेको देख्न सकिन्छ । पोखराको छायांकन सकिएलगतै निर्माण टिमले दुई साता जति काठमाडौँमा छायांकन गर्ने छ । प्रविण झाको निर्देशनमा तयार भइरहेको चलचित्रलाई दक्षिण भारतीय सिनेमाका छायाँकार महेश आर गुप्ताले खिचिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट हुन् ।

चलचित्रमा आर्यन र उपसना साथमा सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय रहेको छ । विपीका खनालको कथा रहेको चलचित्रको पटकथा र संवाद केदार भुसालले लेखेका हुन् । चलचित्रलाई श्रावण १ मा प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया