Close sidebar

‘मोहर’को शीर्ष गीतलाई १० लाख भ्यूज, कस्तो छ दर्शक प्रतिक्रिया ?

असार १५, २०८२

रिलिज भएको ९ दिनमा  फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । गीतले १० लाख भ्यूज पाएपछि निर्देशक प्रतिक भन्छन्–‘हामीलाई दर्शकले यो गीतलाई विस्तारै मन पराउनुहुन्छ भन्ने लागेको थियो । अहिले टिकटकदेखि अन्य सामाजिक संजालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ । यो गीतले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ ।’

शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । फिल्मको टिजरलाई पनि दर्शकको सुखद प्रतिक्रिया मिलेको छ । योे गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । दर्शकले पल र नीतिको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

फिल्ममा बेनिशा हमाल, अर्जुन जंग शाही, रविन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, मिस पवी लगायतका कलाकारहरुको पनि अभिनय छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्मको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्मले देउकी प्रथाको कथा भन्छ । फिल्ममा दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन छ । फिल्मको अर्को गीत केही दिनमै रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया