Close sidebar

बाँकेमा छायांकन गरिएको कौडा गीत ‘मायामा भुल’ को म्युजिक भिडियो सार्वजनिक

असार १४, २०८२

निशु जोशि – नेपालगन्ज, बाँके राप्तिसोनारीका गायक शिव जिएमको कौडा गीत ‘मायामा भुल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आज नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी बाँकेका संगीतकर्मी, कलाकर्मिका बिच भिडियो सार्वजनिक गरिएको हो । १२ मिनेटको उक्त म्युजिक भिडियोको सबै छायांकन बाँकेको खजुरा १ सैनिकमा गरिएको छ ।

नेपाली मौलिक पहिचान बोकेको कौडा गीतको भिडियो मौलिकता र आधुनिकताको फ्युजन रहेको गायक जिएमले बताए। ‘टिपिकल कौडामा धेरै बाजाको प्रयोग गरिएको हुन्छ। यसमा कम बाजाको प्रयोग भएको छ’ गायक जिएमले भने । आफुले आधुनिक गित गाउने भएका कारण पनि गीतमा थोरै फ्युजन गरिएको उनले बताए।

बरिष्ठ कलाकार सुन्दर गुरुङले नेपाली मौलिक कौडामा थोरै फ्युजन गरिएको भएपनि भिडियो हेर्दा पट्यारलाग्दो नभएको प्रतिक्रिया दिए । यस्तै कलाकार केवि शाहिले काठमाडौंमा बसेर नेपाली संगीत क्षेत्रमा पहिचान बनाएकी गायिका मेलिना राईकै स्तरमा बाँकेका गायक जीएमले गीत गाउन सकेको भन्दै प्रशंसा गरे । म्युजिक भिडियोमा नृत्य, ताल, सिनेमाटोग्राफीमा केही कमि कमजोरीहरु देखिएपनि गीत र भिडियो राम्रो बनेको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले बाँकेबाट यो गुणस्तरको म्युजिक भिडियो उत्पादन हुनु गौरवको विषय भएको बताए। यस क्षेत्रका कलाकारहरुले यहाँका ठाउँ, नेपाली मौलिक पहिचान बोकेको गीतहरु उत्पादन गरिरहेकाले उनिहरुलाई प्रोत्साहन गर्नुपर्ने समेत वक्ताहरुले वताए ।

कार्यक्रममा दुई दर्जन बढि कलाकार, संगीतकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। गीतमा गायक जीएमसंगै गायिका मेलिना राईको स्वर रहेको छ । गायक जिएमले यसअघि थारु भाषा र नेपाली भाषामा गीत गाइसकेका छन् ।

नृत्य निर्देशक नवराज सुवेदीको अभिनयमा डेब्यु बाँके जिल्लामा बसेर नृत्य निर्देशनमा सक्रिय नवराज सुवेदीले ‘मायामा भुल’ नेपाली कौडा गीत मार्फत अभिनयमा डेब्यु गरेका छन्। यसअघि दर्जनौं म्युजिक भिडियोको निर्देशन गरिसकेका सुवेदीले यो गीतको निर्देशनसंगै पहिलो पटक अभिनय गरेका हुन् ।

गीतमा निर्देशक सुवेदी, गायक जीएम, नृत्याङ्गना दुर्गा राना र एलिसा बोहराको नृत्य रहेको छ। नृत्याङ्गनाका अभिभावकहरुले अहिले डिजिटल प्लेटफर्मले कलाकारलाई देश विदेशमा चिन्ने मौका दिएकाले छोरीहरुलाई कला क्षेत्रमा लाग्नका लागि परिवारले पुर्ण सहयोग गरिरहेको बताए । गीतमा करिव ढाई लाख लगानी लागेको नृत्य निर्देशक सुवेदीले बताए । यो गीत गायक शिव जीएमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया