Close sidebar

‘हेल्लो काशिराम’को फस्टलुकसँगै जेठ २ मा आउने

फाल्गुन २६, २०८१

रेडलाइन फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘हेल्लो काशिराम’को फस्टलुकसँगै प्रदर्शन मिति तय गरिएको छ । सार्वजनिक पोष्टरमा नायक दिलीप रायमाझी प्रस्तुत छन् । सार्वजनिक पोस्टरमा दिलीप बोको बोकेर हिँडेको देख्न सकिन्छ । जुन, पोस्टर हेर्दा यो चलचित्र कमेडी शैलीमा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

चलचित्रमा निर्देशक रिमकै लेखन छ । निर्माणपक्षले सोमबार यो चलचित्रको फस्टलुक पोस्टरसँगै आउँदो वर्षको जेठ २ गतेलाई प्रदर्शन मिती तय गरेको हो ।

रिम विश्वकर्माको निर्देशनमा तयार भएको चलचित्रमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई, भगेरी डन, नव ज्योती रसाइली, सुमन खाँण लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्रमा नायिका प्रियंका कार्की अतिथि भूमिकामा छिन् ।

चलचित्रमा मित्र डी गुरुङको सम्पादन, पीवी थापाको निर्माण तथा यम आलेको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, शंकर महर्जनको एक्सन, नरेन्द्र वियोगी र विपिन आचार्यको संगति छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया