Close sidebar

‘राजागंज’को नयाँ गीत ‘इन्द्रेणी’ सार्वजनिक

फाल्गुन २५, २०८१

दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘राजागंज’को नयाँ गीत ‘इन्द्रेणी’ सार्वजनिक गरिएको छ । निर्माणपक्षले आइतबार यो चलचित्रको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत, धिरेन्द्र प्रेमर्शीको शब्द र स्मारिका फुयाँलको स्वर छ । यो गीतको सेटअप मधेसको छ । गीतलाई चलचित्रको कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ । गीतले मधेस र पहाडमा हुने गरेको विभेदलाई उठान गरेको छ ।

यसैबिच, यो चलचित्रको छायांकन स्थल जनकपुरमा यसको भव्य प्रिमियर समेत आयोजना गरिएको छ । जनकपुरमा रहेको गिरिजा हलमा ६ सय दर्शकको उपस्थितीमा भव्य प्रिमियर गरिएको हो ।

प्रिमियरमा जनकपुरका मेयरदेखि उच्च पदाधिकारीको उपस्थिती थियो । महिलाहरु पनि आँटिलो, जोशिलो अनी हिम्मतिलो हुनुपर्छ भन्ने यो चलचित्रले देखाएको अधिकांशको प्रतिक्रिया थियो ।

यो चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चण्डक, गौमाया गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया