अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘देवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । महिला यौनहिंसा विरुद्धको कथावस्तुमा आधारित चलचित्र आगामी भदौ २१ अर्थात् तीजको अवसरमा रिलिज हुनेछ ।
चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सञ्जोग राई निर्देशित क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्सले प्रदर्शनमा सघाउने भएको हो ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्म्ससँगको सहकार्यमा देवी नेपालसहित विदेशमा पनिा एकसाथ प्रदर्शनमा आउनेछ । यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका राईले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथामा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए ।



