Close sidebar

नेपालगन्जमा ‘पुजार सार्की’को ब्यापार ५० लाख माथी

जेष्ठ ३२, २०८१

नेपालगन्ज, यहि जेठ १० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ यति बेला चौथो हप्तामा प्रदर्शन भइरहेको छ । आजको दिनसम्म चलचित्रको व्यापार के कति भन्ने कुरा निर्माण टिमले खुलाएको छैन । तर चलचित्रले देशभरीका हलहरुमा गरेको व्यापार देख्दा चलचित्रले राम्रै व्यापार गरेको आनुमान जो कोहिले पनि सहजै लगाउन सक्छ ।

राजधानी होस या मोफसलका हल चलचित्रले प्रदर्शनको दिन देखिनै आक्रमक ब्यापार गर्नुका साथै अधिकांस दिनहरुमा हाउसफुलमय ब्यापार गरेको छ ।

मोफसलमा नेपालगन्जको कुरा गर्नुपर्दा चलचित्रले आजकोदिनसम्ममा दुबै सिनेमाहलमा गरि ५० लाख माथीको ब्यापार गरेको छ । नेपालगन्जको सिनेरोयल र क्युएफएस्कमा चलचित्र चौथो हप्तामा प्रदर्शन भइरहेको छ । चलचित्रले नेपालगन्जको सिने रोयलमा एकैदिनमा पाएको सम्पुर्ण शोज हरु हाउसफुलहुदा नयाँ रेकर्ड समेत राखेको थियो ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । अन्तर जातीय प्रेम कथा, जातीय विभेद र समाजमा जातीय विभेदको लडाईको कथालाई दर्शकले औधी मन पराएका छन् । चलचित्रको कथा र पात्रको अभिनय र गीत संगीत चलचित्रको बलियो पाटो हो ।

चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । चलचित्रमा भुसालकै संगीत निर्देशन छ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया