Close sidebar

चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक,७ दिनभित्रै विवाह गरेर देखाउने जितुको अठोट

भदौ १, २०८३

आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले भदौ १ गते नागपञ्चमीको अवसर पारेर ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, व्यथा र गाउँलेको हेपाइलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। भारी बोकेर जीविका चलाउँदै आएका उनलाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि ७ दिनभित्रै विवाह गरेर देखाउने अठोट कथाको मुख्य केन्द्रविन्दु बनेको छ। टिजरमा जितु नेपालका साथै प्रियाना आचार्य, सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथामा बनेको यस फिल्मको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। बाल कुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।

सिबि भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी  केसीको शृङ्गार रहने यस फिल्मको पोष्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ। डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको छ। फिल्मलाई कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएको छर

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया