Close sidebar

चलचित्र ‘गौथली’ले सिनेरोयलमा एक महिनामै पार गर्‍यो १ करोड

साउन ३१, २०८३

नेपालगन्जको सिनेमाघर सिनेरोयलमा प्रदर्शनरत नेपाली चलचित्र ‘गौथली’ले प्रदर्शनको एक महिनामै १ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको छ।
प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको चलचित्रले एक महिनाको अवधिमा १ करोडको आँकडा पार गरेको हो। स्थानीय दर्शकको निरन्तर साथ र सकारात्मक प्रतिक्रियाले चलचित्रको व्यापारलाई थप बल पुगेको बताइएको छ।

सामाजिक विषयवस्तु घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौथली’ले नेपालगन्जमा दर्शकको राम्रो उपस्थिति कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिइरहेको छ। चलचित्रले एक महिनामै १ करोडको व्यापारिक आँकडा पार गर्नु नेपालगन्जको बजारमा नेपाली चलचित्रप्रतिको दर्शकको आकर्षण बलियो रहेको संकेतका रूपमा समेत हेरिएको छ।चलचित्रले आगामी दिनमा पनि दर्शकको साथ पाउने र व्यापार अझै बढ्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया