Close sidebar

सलीनमानको जन्मदिनमा चलचित्र ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर सार्वजनिक

बैशाख २२, २०८३

सलीनमान बनियाँले आफ्नो जन्मदिनको अवसर पारेर आफु अभिनित चलचित्र ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजरमा सार्वजनिक गरेका छन्। एक्सन जनरामा निर्माण भएको यो चलचित्रलाई उनले आफ्नो जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वर टिजर रिलिज गरेका हुन्। ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको बबाल एक्सन देख्न सकिन्छ। उनी चलचित्र ‘यात्रा’पछि चुपचाप बसेका थिए। तर त्यो बस्नु उनले आफुलाई रिजर्भमा राखेको देखियो।

सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रको उनको दमदार कमव्याकले फरक स्वाद पस्किएको छ। दर्शकमाझ लभर ब्वाईको रुपमा देखिदै आएका सलिमान ‘युनीभर्सटी अफ गुण्डाज्’मार्फत आफुलाई फरकधारमा प्रस्तुत गर्ने देखिन्छ।

चलचित्रको टिजरमा सलोन बस्नेतको पनि उस्तै एक्सनमा उत्रिएका छन्। पछिल्ला बनिरहेका चलचित्र भन्दा फरक बनेको देखिन्छ।
टिजरमा सलिमान र सलोन एकअर्काका साथी देखिएका छन्। आफ्नो ग्याङबाट कुनै सफलता हासिल गर्नका लागि लडाई लडिरहेको टिजरमा देखिन्छ। यसको कथा र यसको थप चर्चा आगामी ट्रेलरबाट अझ देख्न सकिएला।

सलिनमान बनियाँ आफैले लेखेको यस चलचित्रको स्टोरीमा सुरेश न्यौपानेले निर्देशन गरेका छन्। चलचित्रको मुख्य भुमिकामा सलीनमान,सलोन रहेको छन्। निर्माण पक्षले अन्य कलाकार र प्राविधिकहरुको नाम सार्वजनिक गरेको छैन। साथै  निर्माण टिमले प्रदर्शन मिति पनि घोषणा गरेको छैन। यस चलचित्र मार्फत दर्शकको प्रतिक्रियापछि मात्रै चलचित्र घोषणा गर्ने निर्माण पक्षको आशय हुनसक्छ। यसअघि सलोन बस्नेतले गरेको भुमिका भन्दा उनले यसमा बिलकुलै आफुलाई फरक रुपमा ढालेका छन्।

चलचित्रको ब्याकग्राउण्ड स्कोर रोमन बज्रचार्य रहेका छन् भने मेकअपमा मनोज लामा रहेका छन्। त्यसैगरि प्रोडक्सन म्यानेजर सुवास काफ्ले,असिस्ष्टेन प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेतको छ भने साउण्ड डिजाइनर मुकेश शाह रहेका छन्। यस चलचित्रको भिएफएक्सको काम मनोज श्रेष्ठले गर्दैछन् भने चलचित्रको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले गर्दैछन्। चलचित्रको कलरमा राजेन्द्र मोक्तानको छ भने स्क्रिन प्ले मन्दिप गौतमले गरेका छन् भने डिओपीको काम सौरभ लामाले गरेका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया