Close sidebar

मोफसलमा ‘रोल नं १’को प्रचार: कक्षाकोठामै पुग्दै निर्माण टिम देखि कलाकार

बैशाख २२, २०८३

चलचित्र ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ ।

निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ । विद्यार्थीलाई भेट्न मोफसल पुगेको चलचित्रको निर्माण टिमले प्रचारको स्लोगन नै ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मन कुरा…’ राखेको छ । यो चलचित्रको स्लोगन ‘हरेक विद्यार्थी’को कथा रहेको छ ।

विद्यालयमा चलचित्रका कलाकार र गायक पुगेर सिनेमा ‘रोल नं १’बारे कुरा गर्न सुरु गरेका छन् । र, विद्यार्थीका कुरा पनि सुन्न थालेका छन् ।

विद्यार्थीको कथा बोकेको चलचित्र *‘रोल नं १’*को निर्माण टिम अहिले मोफसल दौडाहामा छ। पूर्वी नेपालका झापा, मोरङ र सुनसरीका विद्यालयमा पुगेर कलाकारहरूले विद्यार्थीसँग सिधै अन्तरक्रिया गर्दै सिनेमाको प्रचार सुरु गरेका छन्।

“हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा…” भन्ने स्लोगनसहित टिमले विद्यार्थीका अनुभव सुन्दै, उनीहरूकै कथा पर्दामा ल्याउने तयारी गरेको छ।

मुकुन भुसाल, रेणु योगी र प्रशान्त शिवाकोटी सहभागी यो प्रचार अभियान जेठ १५ बाट प्रदर्शनमा आउन लागेको सिनेमाको हाइप बढाइरहेको छ।

विद्यार्थीसँग अन्तरक्रिया गर्न मुख्य कलाकार मुकुन भुसाल, रेणु योगी तथा गायक तथा संगीतकार प्रशान्त शिवाकोटी , कर्मा लामा   पुगेका छन् ।

विनोद पौडेलको निर्माण चलचित्र ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ ।

गलत शैक्षिक प्रणाली र अभ्यासले आम विद्यार्थीमा परिरहेको नकारात्मक असरलाई यो सिनेमाले देखाउने निर्माता विनोद पौडेलले बताएका छन् । त्यसैले विद्यालयलाई प्रचारका लागि लक्षित गरिएको उनले बताए ।

‘रोल नं १’ले जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदैछ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया