Close sidebar

चलचित्र ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

फाल्गुन ४, २०८२

फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो।

अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका चलचित्रका दृश्यहरू गीतको भिडियोमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ।

गीतको भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईको द्वन्द्व-रोमान्स देख्न सकिन्छ। रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ।

यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन्। शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन्।

एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो। रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस चलचित्रमा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन्। चलचित्रलाई नेसनल सिने ग्रुप नेपालले वितरण गर्दैछ ।

अहिलेको अवस्थामा प्रतिनिधिसभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै फिल्म हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया