Close sidebar

नेपालगन्जमा चलचित्र ‘नरसिंहाः अवतार’को सुखद ब्यापार

जेष्ठ १०, २०८२

आज शुक्रबारबाट देशभरका हलमा रिलिजमा आएको चलचित्र ‘नरसिंहाः अवतार’लाई दर्शकको सुखद साथ मिलिरहेको छ । बिहानैबाट काठमाडौं लगायतका देशभरिका स्थानमा दर्शकको अकुपेन्सी सुखद छ । वितरक करण श्रेष्ठ क्रेजीले दिउँसो र बेलुकीको शोजमा अकुपेन्सी अझै उच्च हुने प्रक्षेपण गरेका छन् ।

आज बिहानैबाट चलचित्रका मुख्य कलाकारहरु हल–हलमा पुगिरहेका छन् । काठमाडौंको बीग मुभिजमा पुगेका फिल्मका कलाकारहरु दर्शकको प्रतिक्रियाबाट खुशी देखिए । चलचित्र हेरेर दर्शकहरु ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत गाउँदै फर्किएका थिए । चलचित्र निकै राम्रो रहेको र राजेश हमालको कमब्याक सार्थक भएको प्रतिक्रिया दर्शकको छ ।

मोफसल नेपालगन्जमा चलचित्रले आक सुखद सुरुवात गरेको छ । चलचित्र हेर्ने दर्शकले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

आठ वर्षपछि चलचित्रको पर्दामा कमब्याक गरेका ‘महानायक’ राजेश हमाललाई हेर्न दर्शकहरु उत्साहित देखिएका छन् । चलचित्र हेर्दै गर्दा राजेश हमालका हरेक दृश्यमा दर्शकको हुटिङले पनि उनीप्रतिको व्यग्र प्रतिक्षा पुष्टि हुन्छ । नेम महर्जन, दीपक प्रसाद ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्मले पारिवारिक, प्रेम, विछोड, बदलाको कथा भन्छ । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया