Close sidebar

चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’

माघ २१, २०७७

दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखनमा पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति घोषणा गरिएको छ । टिमका अनुसार चलचित्र नयाँ बर्षको अवसर पारेर चैत्र २७ गतेबाट रिलिज हुनेछ ।

इलाम र झापाको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा पुष्प र श्रद्धा सङै बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । शिब ढकालले खिचेको चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । निर्माण युनीटले ३० माघमा चलचित्रमा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनीक गर्ने तयारी गरेको छ । अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको सो गीतमा पुष्प र श्रद्धा फिचर्ड छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया