Close sidebar

‘लप्पन छप्पन २’ को रिलिज डेट पोस्टपोन्ड, चैत २७ मा हुने भयो रिलिज

माघ १६, २०७७

मुकुन्द भट्ट निर्माण तथा निर्देशित सिनेमा ‘लप्पन छप्पन २’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । फागुन २७ गते रिलिज गरिने भनिएको सिनेमा अब नयाँ वर्षको छेको पारेर चैत २७ गते देखि रिलिज हुने भएको छ ।

‘सिनेमाको भिएफएक्सको काम नसकिएको र अहिले ५० प्रतिशत अकुपेन्सीमा सिनेमा रिलिज गर्नु पर्ने भएकाले सिनेमामाको रिलिज डेट पछाडी सारेका हौं । चैतसम्म स्थिति सामान्य हुन्छ भन्ने आशा छ’ निर्देशक भट्टले भने । सिनेमा वितरणको जिम्मा गोविन्द शाहीले लिएका छन् ।

एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको सिनेमाको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।

सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया