Close sidebar

नेपालगन्जमा ‘अञ्जिला’को बढ्दो माग, सिनेरोयलले थप्यो शो

चैत्र ४, २०८१

नेपालगन्ज, गत फागुन २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र अञ्जिलाले यतिबेला देशभरका सिनेमाघरमा आक्रमक ब्यापार गरिरहेको छ । चलचित्रले आज प्रदर्शनको छैटौं दिन देशभरीका हल संगै मोफसल नेपालगन्जमा पनि हाउसफुलको ब्यापार गरेको छ ।

नेपालगन्जको सिनेमाघर सिनेरोयलमा चलचित्रले बिहानी शो देखिनै हाउसफुल ब्यापारको खाता खोलेको थियो । चलचित्रले आज दिनभरी पाएको शोहरु सबै हाउसफुल हुने देखिएपछि सिनेरोयलका सिइओ रितेश श्रेष्ठले भोलीदेखि अञ्जिलाको शो बढाएको बताए । चलचित्रको माग उच्च भएपछि हामिले भोलिदेखिको शो थपेकाछौ । भोलि सिनेरोयलमा मात्रै अञ्जिलालाई ६ शोमा प्रदर्शन हुदैछ ।

यता बागेश्वरी क्युएफएक्स सिनेमाजमा चलचित्र ३ शोजमा प्रदर्शन भइरहेको छ ।जहाँ चलचित्र हेर्ने दर्शकको राम्रो उपस्थिति रहेको छ।

नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र लाइ निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

अञ्जिला नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
चलचित्रमा अञ्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया