Close sidebar

‘द्रौपदी’,महिला सशक्तिकरणको कथा हो : निर्माता प्रकाश ज्ञवाली

चैत्र २, २०८१

चैत ८ गतेबाट देशभर एक साथ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘द्रौपदी’ को टिम मोफसल यात्रा सकेर यतिबेला राजधानी फर्किएको छ । मोफसल यात्रामा चलचित्रको टिमले नेपालका प्रमुख शहर बुटवल, दाङ , नेपालगन्ज , पोखरा र चितवनमा पत्रकार भेटघाट कार्यक्रम गर्नुका साथै विभिन्न कार्यक्रममा आफ्नो उपस्तिथि जनाएको थियो ।

चलचित्रको रिलिज मिति नजिकिदै गर्दा चलचित्रको बारेमा धेरै भन्दा धेरै दर्शकलाई चलचित्र द्रोपदी के हो र यो चलचित्र किन हेर्ने ? भन्ने जस्ता प्रश्नको उत्तर र जानकारीका लागि मोफसल यात्रा गरिएको यस चलचित्रका निर्माता एवं कलाकार प्रकाश ज्ञवालीले बताए ।
निर्माता प्रकाशका अनुसार `चलचित्र द्रौपदी एक नेपाली ग्रामिण बस्तीको कथा भएको र त्यसमा ग्रामिण समुदायले भोग्नु परेका अफ्ठ्याराहरुलाई चित्रण गरिएको छ । चलचित्रको नाम (द्रौपद्री) धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई नेपाली ग्रामिण परिवेशकै एक महिला पात्रको कथा हो जस्लाई एक सुन्दर डोल्पाको से–फोक्सुन्डोलगायत विभिन्न पर्यटकिय तथा ग्रामिण स्थलहरूमा छायांकन गरिएको छ ।´

अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी सामाजिक कथामा निर्माण भएको चलचित्रलाई लेखक/ निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेका हुन जहाँ कलाकार आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, निर्माता प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय रहेको छ ।

आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत र मोहनकुमार झिल्लुले छायाकंन गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया