Close sidebar

प्रतिनिधिसभा बैठकमा सरकारले फिल्ममा लगाएको ‘सेन्सरसिप’को कुरा

चैत्र २, २०८१

प्रतिनिधिसभा बैठकमा सरकारले चलचित्रमा लगाएको ‘सेन्सरसिप’ को कुरा उठेको छ । आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सो कुरा उठाएका हुन् ।

उनले रिलिजको मुखमा चलचित्रमा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेको भन्दै कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न समेत आग्रह गरे ।

शाहले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर चलचित्र बनाउँदा ‘राजागंज’ लाई सेन्सर गरिएको भन्दै उक्त गतिविधिको विरोध गरे ।

‘सम्मानीय सभामुख महोदय, राजा भन्ने शब्द सुन्ने वित्तिकै सरकारलाई डर लाग्छ कि के हो, जे मा पनि सेन्सर लगाइदिन्छ । यस्तै सेन्सर लगाउने काम चलचित्र ‘राजागंज’लाई पनि गरिएको छ,’ उनले अगाडि भने– ‘संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’ को संज्ञा दिएका थिए नेकपा एमाले अध्यक्षले सार्वजनिक रुपमा । उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले उक्त दृश्य संवाद काटेर मात्र ‘राजागञ्ज’ लाई प्रदर्शन अनुमति दिएको छ ।’

चलचित्र समाजको ऐना रहेको बताउँदै सांसद शाहले चलचित्रमार्फत समाजका कुरा व्यक्त गर्दा सरकारले अंकुश लगाउने काम गरेको आरोप लगाए ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया