Close sidebar

ऋषिले थाले ‘चुरीफुरी’

माघ १४, २०७७

हाँस्यटेलिश्रृंंखला तथा वेवसिरिजका चर्चित हाँस्यकलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म ‘चुरीफुरी’ को सुटिङ सुरु गरेका छन् ।केही दिनअघिदेखि काठमाडौका बिभिन्न स्थानमा सुटिङ भइरहेको फिल्मको मुख्य हिरो–हिरोइन को हुन् ? त्यो भने गोप्य राखिएको छ ।

निर्देशक आचार्यकै लेखन,निर्माण र निर्देशन रहेको ‘चुरीफु्री’ मा रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,सुनीता श्रेष्ठ,ऋतु आचार्य,लक्ष्मी ढकाल,राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,सरिस्मा मगर,मनिल तामाङ,रश्मी आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह-निर्मातामा बिमला भुसाल,राजेन्द्र खाती र शिब थापा छन् । ‘अहिले बिश्व नै कोरोना भाइरस र लकडाउनका कारण असहज जीवन जिउन बाध्य छ । यो परिस्थितिबाट उत्पन्न दिक्दारीलाई ‘चुरीफुरी’ ले भरमार रिफ्रेस गराउने छ,’ निर्देशक आचार्य भन्छन्, ‘एकदम समसामयिक बिषयमा उत्कृष्ट मनोरञ्जन दिने कोसिस गरेका छौ ।’

राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी,बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य,बिश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया