अन्ततः निर्माण पक्षले अभिनेता राजेश हमालको अभिनय रहने फिल्म ‘सत्यम’ को औपचारिक रुपमा घोषणा गरेको छ । ४ बर्षको विश्रामपछि अभिनेता हमालले काम गर्न लागेको ‘सत्यम्’को थिमेट्रिकल स्केच पोष्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । पोष्टरमा हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ । ‘सत्यम्–राइजिङ अफ दि हिरोज’ रहेको फिल्ममा हमालसँगै अनुप विक्रम शाही पनि छन् ।
यस्तै फिल्ममा पल शाह र उपासना सिंह ठकुरीको अभिनय रहने बताईएको छ । यद्दपी घोषणा गरिएको छ । शंकर कार्कीले निर्देशनमा तयार हुने फिल्ममा निर्माणपक्षले अडिसनबाट २ मुख्य पुरुष कलाकार र २ मुख्य महिला कलाकारको खोजी गरिने जनाएको छ । फिल्मका लागि चार जना मुख्य चरित्र अभिनेता, दुई जना मुख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, दुई सहायक कलाकार पुरुष र दुई सहायक महिला कलाकार, दुई जना बाल कलाकार र छोटो भूमिकाका लागि ५ जना कलाकारको अडिसन हुने बताइएको छ । रेशम सापकोटाको लेखन तथा लगानी रहने फिल्ममा सह–निर्माताको रुपमा श्याम मल्ल र गणेश पौडेल छन् ।
यसमा विदुर पाण्डेको छायांकन, प्रडक्शन हेड दिनेश प्रकाश महरा, अष्ट महर्जनको द्वन्द प्रडक्शन म्यानेजर प्रकाश हमाल, एसोसियट निर्देशक सुवास सुवेदी, राम ठाकुरको हेयर एण्ड मेकअप, सह–निर्देशकहरुमा रामकुमार श्रेष्ठ र शान्ती तामाङ रहनेछन् । फिल्ममा कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलको संगीत रहनेछ ।