चलचित्र ‘प्रकाश’का लागि मुख्य महिला पात्र पक्का गरिएको छ । धनगढीकी रेनु योगी चलचित्रको मुख्य फिमेल लिडमा रहने निर्माण टिमले जनाएको छ । दिनेश राउतले निर्देशन गर्ने प्रकाशमा नायक प्रदीप खड्का मुख्य मेल भूमिकामा अनुबन्धित भैसकेका छन् ।
निर्देशक राउतका अनुसार रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले चलचित्रमा लिइएको हो । कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई अडिसन मार्फत छनोट गरेका हुन् । रेनु थ्रिएटर आर्टिस्ट हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् । उनले हालसम्म १० वटा भन्दाबढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।
प्रकाशको आउँदो फागुनको दोश्रो सातादेखि जुम्लाबाट छायांकन सुरु हुनेछ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।