Close sidebar

कस्तो लाग्यो ‘फेरि रेशम फिलिली’को ट्रेलर ?

फाल्गुन ६, २०८१

सिनेमा आर्ट प्रोडक्सनसँग भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्र ‘फेरि रेशम फिलिली’को रमाएलो ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले यो चलचित्रको रमाइलो ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर रमाइलो र कमेडीले भरिपूर्ण छ । अमेरिका जानका लागि डीभीको पहिलो पत्र पाएको एक यूवकको कथा यो चलचित्रले पेश गर्छ ।

निरोज महर्जनको निर्देशन र रौन विक्रम कँडेलको लगानीमा तयार भएको चलचित्रमा सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माताको रुपमा छन् ।

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर वाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

आकाश बरालको लेखन, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, साहिल खानको ट्रेलर चलचित्रमा रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया