Close sidebar

निर्मला घिमिरे निरूको नयाँ गीत ‘तिमी आँखा म नानी’ रिलिज

फाल्गुन ७, २०८१

निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत रिलिज भएको हो।

सार्वजनिक गीतमा डाक्टर किराँतको संगीतमा तयार भएको भने शब्द रचना शुभ मुकारूङले गरेका हुन् ।

सार्वजनिक गीतले महिला तथा पुरुषलाई आँखा तथा नानीसँग तुलना गर्दै दुबै जना एकअर्काको परिपूरक रहेको भाव व्यक्त गर्दछ ।

सागर संसारले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो बाबुराम निरौलाको निर्देशनमा तयार पारिएको हो ।
भिडियोमा झरना रिसाल तथा रमेश चन्दको अभिनय रहेको छ ।

शिव ढकालको छायाँकन गरेको भिडियोलाई राम प्रदास चौधरीले संपादन गरेका हुन् ।

रङ्ग एन पौडेल तथा निर्मला घिमिरे निर्माता रहेको भिडियोमा रुमेश कटवाल कार्यकारी निर्माता रहेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया