Close sidebar

‘२६ करोड’लाई विकास सुवेदीले निर्देशन गर्ने पक्का

फाल्गुन ५, २०८१

लेखक विकास सुवेदीले ‘२६ करोड’ निर्देशन गर्नेभएका छन् । यसअगाडि यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने पक्का गरिएको थियो । भने चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्ने भएका थिए ।

विकास चलचित्र ‘पुजार सार्की’का लेखक समेत हुन् । तर, अब उनले यो चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । उनको लेखन रहेको चलचित्र ‘प्रकाश’ पनि हो ।

चलचित्र किङ्डम नेटवर्कले लिएको छ । यो चलचित्रका निर्माता सुभाष भुसाललाई निर्माता रोहितले अधिकार हस्तान्तरण गरेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठले मिलेर यो चलचित्रलाई वितरण गर्ने पनि पक्का भएको छ ।

निर्देशक दिनेश र निर्माता रोहितको पछि कुरा मिलेन र उनीहरू अलग भए । यसपछि, रोहितको ‘फर्की फर्की’सँग दिनेशले ‘पुजार सार्की’ जुधाएका थिए ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया