Close sidebar

सुरज सिंह ठकुरी फिचर्ड ‘एक्लो’को क्यारेक्टर लुक्स सार्वजनिक

फाल्गुन ४, २०८१

कलाकार सुरज सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘एक्लो’का मुख्य क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । ‘काल’ पात्रको भूमिकामा प्रस्तुत गरिएको यो चलचित्रमा उनको अवतार डरलाग्दो छ ।

प्रदीप शाहीले निर्देशन गरेको यो चलचित्रलाई हलिउड स्टरको बनाउन कुनै कसर बाँकी नराखिएको निर्माणपक्षको दाबी छ । यो चलचित्रमा प्रदिप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी लगायतका कलाकारहरुको अभिनय छ ।

प्रदर्शन मिती घोषणा गर्न बाँकी रहेको चलचित्रमा बेलायती कलाकार जेमी बेकनको पनि अभिनय छ । चलचित्रमा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नविन सिवा, बागविर पुन लगायतको लगानी छ ।

बाबु श्रेष्ठको छायांकन, राजु तामाङको एक्सन, राजु पेन्टरको सेट डिजाइन रहेको चलचित्रको कार्यकारी निर्माता विनोद सुवेदी हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया