अमेरिका निवासी नायिका अरुणिमा लम्सालको डिभोर्स भएको छ । उनले बिहे गरेको ६ महिनामा श्रीमान युवराज श्रेष्ठ सँग डिभोर्स गरेकी हुन् । अरुणिमाले युवराज सँग दोस्रो विवाह गरेकी थिइन् ।
तर, उनको दोस्रो विवाह पनि टिक्न सकेन । अहिले उनको सामाजिक सञ्जालबाट दोस्रो श्रीमानसँगका सबै तस्विरहरु गायब भएपछि चर्चा गर्माएको हो ।
अरुणिमाले गत भदौ ३ गते सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग काठमाडौंको राम मन्दिरमा लगनगाँठो कसेकी थिइन् । तर, विवाहको ६ महिना पनि नबित्दै उनीहरुको सम्वन्धमा दरार आएको हो । श्रीमानले आफूलाई चिट गरेको अरुणिमाले बताएकी छिन् ।
विवाह गरेको भोलिपल्टै यो जोडी कुदेर प्रकाश सुबेदीको टेलिभिजन शोमा हाजिर हुन पुगेको थियो । सुबेदीलाई दिएको अन्तरवार्तामा दुवैले एक–अर्काको जोडदार प्रशंसा गरेका थिए । युवराजले आफू अब अमेरिका नै गएर पत्नीसँगै बस्ने आकांक्षा प्रस्तुत गरेका थिए । तर, अहिलेसम्म उनी नेपालमै छन् ।