नेपालगन्ज : माघ १८ गते शुक्रबार देखी आधिकारिक रुपमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘एक्टर:टेक वन’ले यतिबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
राजधानीका विभिन्न हलमा दर्शक प्रतिक्रिया लिदै दर्शकहरुको मायालाई आत्मसात गर्दै ‘एक्टर : टेक वन’ टिम आज नेपालगन्ज आउँदै छ। नेपालगन्जका दर्शकहरुसँग साक्षात्कार गर्ने र प्रतिक्रिया लिने उद्देश्यले चलचित्रको कलाकार टिममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी लगायतको टिम आज आइतबार नेपालगन्ज आउन लागेको हो। टिमले नेपालगन्जका दुई सिनेमाघर ‘सिनेरोयल’ र ‘क्युएफएक्स बागेश्वरी’मा आज बेलुकी ६ बजेको शो’मा पुगेर दर्शकसंग भेटघाट र नेपालगन्जका पत्रकारहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ।
राजन भुषालको डेब्यू निर्देशन रहेको चलचित्रमा प्रदीप, आना र दिव्याका अलावा राज बल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहेको छ। अधृत फिल्म्स र मोति फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन्।
चलचित्रमा राजन भुषाल र आकाश बरालको स्क्रिनप्ले रहेको छ। जस्लाई नरेन्द्र मैनालीले खिचेका हुन्।भने, निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।