Close sidebar

‘फेरी रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनिक

माघ १८, २०८१

आउँदो महाशिवरात्रिलाई लक्षित गर्दै फागुन १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘फेरि रेशम फिलिली’ मा समावेश ‘फेरी जालमा’ सार्वजनिक गरिएको छ ।

बिहीवार काठमाडौं कमलपोखरीमा स्थित एक सिनेमा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत, मानस राजको शब्द र गायनमा सङ्गीतकार बाँस्कोटा र सोमिया बराईली गायक छन् ।

करिब १० वर्ष अघि विसं २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण उक्त समयमा ‘रेशम फिलिली’ ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । यो गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । सार्वजनिक ‘फेरि जालमा’ गीतमा यसका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।

अभिनेता श्रेष्ठले पुनः उही टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘पहिलाकै सङ्गीत टिमसँग काम गर्न पायौँ । यो गीत हामीले सक्दो राम्रो बनाउने प्रयाश गरेका छौँ, दर्शकको प्रतिक्रिया राम्रो पाउनेमा विश्वस्त छौँ ।’

उनले चलचित्रको सिक्वेल बनाउनुको कारण पहिलो भागको कथाको निरन्तरता रहेको बताए । चलचित्रलाई निरज महर्जनले निर्देशन गरेका हुन् । यसको कथा पनि उनले नै लेखेका हुन् । चलचित्रमा कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया