Close sidebar

‘लाज शरणम’को टिजर सार्वजनिक

माघ १७, २०८१

महाशिवरात्रिको अवसरमा आगामी फागुन १४ गतेबाट रिलिज हुने चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको रोचक टिजरलाई निर्माणपक्षले बिहीवार सार्वजनिक गरेको हो ।

नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने यो चलचित्रको टिजरले यसको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण भूमिका खेलेको देख्न सकिन्छ । यो चलचित्रलाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेका हुन् ।

जेपीटी क्रिएसनले निर्माण गरेको यो चलचित्रको टिजर डोल्पाको एक युवक विदेश जाने तयारीमा रहेको कथासहित सुरु भएको छ । त्यस्तै, यो चलचित्रका सबै कलाकाहरु प्रस्तु भएको टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई देख्न सकिन्छ ।

चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।

सेभेन सिज इन्टरनेसनलले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)जस्ता ‘सक्किगो नि’ सिरियलका कलाकार पनि देखिनेछन् ।

यसबाहेक, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बुको पनि अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया