माघको ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र एक्टर’ पत्तासाफ भएको छ । हलमा पानी पनि भन्न् नपाएको यो चलचित्र प्रदर्शन भएको दुइदिन पनि हलमा टिक्न सकेन् ।
यो चलचित्रले जम्मा २८ हजार ८८५ रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपाली बक्स अफिसमा पनि निकै फितलो कमाई गरेको आँकडा सार्वजनिक भएको यो चलचित्र दुई दिनमै हलबाट उत्रिएको हो ।
चलचित्र विकास बोर्डबाट सार्वजनिक भएको आँकडा अनुसार, दुई दिनमा यो चलचित्रले २८ हजार हारहारीको ग्रस कलेक्सन गरेको हो । चलचित्रले २८ हजारको ग्रस कलेक्सन गर्दा निर्माताको हातमा भने जम्मा १० हजार रुपैयाँ मात्र परेको छ ।
यो चलचित्रको निर्माताले माघको १६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘एक्टरः टेक वान’ विरुद्ध मुद्दा दायर गरेका थिए । नाम एउटै भएको भन्दै आफूलाई आर्थिक क्षती भएको दाबी सहित मुद्दा दायर भएको थियो ।