निर्देशक मिलन चाम्स लभ स्टोरी कथामा फर्किएका छन् । उनले, लगातार केही फरक कथामा काम गरे । ‘गोर्खा वारियर, एन्जिला’ लगायतका चलचित्रमा उनले एक्सन र बास्तविक घटना जोडे ।
निर्देशक चाम्सले अब नयाँ चलचित्र बनाउन लागि परेका छन् । चाम्सले अब बनाउन लागेको नयाँ चलचित्रको घोषणा फ्रेबुअरी ३ मा गर्ने जनाइएको छ । यो चलचित्रको कथा राजिव थापाले लेखेका हुन् ।
गोर्खा फिल्मस्को प्रस्तुति र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गर्न लागिएको यो चलचित्रको छायांकन आगामी अगस्ट महिनामा लण्डन र नेपालमा गरिने छ ।
मेकिङमा निकै नै ध्यान दिने मिलनले ‘लिलिबिली, वर एण्ड वधु, विर विक्रम, विर विक्रम २’ जस्ता लभ स्टोरी फिल्म बनाइसकेका छन् ।