‘पूर्णबहादुरको सारंगी’को दोस्रो भाग निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाले एकसाथ दुई चलचित्र निर्माणको घोषणा गरेको छ । आइतबार आयोजना गरिएको ‘पूर्ण बहादुरको सारङ्गी’को सफलता पार्टीमा ‘रोल नम्बर १ र पूर्ण बहादुरको सारङ्गी २’ निर्माणको घोषणा गरिएको हो ।
निर्माता विनोद पौडेलले निर्माण गर्ने यो चलचित्र सेभेन सिज सिनेमाले बनाउने ‘रोल नम्बर १’मा कार्यकारी निर्माताको रुपमा रमेश चौलागाईं कार्यकारी निर्माताको रुपमा छन् ।
जौन योञ्जनको कथा तथा निर्देशन रहने पक्का भएको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहने छ । प्रशान्त सिवाकोटीको संगीत रहने चलचित्रमा शिवराम श्रेष्ठले खिच्ने छन् ।
‘पूर्ण बहादुरको सारङ्गी २’को बिषयमा भने केही पनि बताइएको छैन । कार्यक्रममा चलचित्रलाई ऐतिहासिक रुपमा सफलता दिलाउन सहयोग गर्ने प्राविधिक, कलाकार, वितरक, पत्रकार र हल संचालकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।