चलचित्र ‘सारंग’ को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा बोल्छ ।
चलचित्रको ट्रेलर बिहीबार ओस्कार कलेजका विद्यार्थीहरु माझ एक कार्यक्रम गर्दै देखाइएको पनि थियो । कार्यक्रममा विद्यार्थीहरु बिच चलचित्रको सुटिङ अनुभव साट्ने र विद्यार्थीहरुको जिज्ञासा मेट्ने कार्य गरिएको निर्देशक प्रशान्त तामाङले जानकारी दिए ।
निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशनमा बनेको फिल्म बालमनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ ।
बाल मनोविज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको बताइने चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको यो चलचित्रमा गोपाल रायको छायांकन छ ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको कलचित्रको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । चलचित्रमा शंकर थापा स्माइल र नकुल कार्कीको सङ्गीत,स्वास्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सुष्मा राईको कोरियोग्राफी छ।
माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,नीरज ब्ल्याक,विश्व स्याङ्बो,दीपिका थापा,सुमन सागर जङ्ग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन् । यो चलचित्रलाई स्टेसन ५ ले वितरण गर्दैछ ।