Close sidebar

‘ताण्डवम्’को मर्मस्पर्शी टिजर सार्वजनिक

माघ ११, २०८१

सिंहदेवी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘ताण्डवम्’को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको टिजरमा प्रेम, युद्ध र बदलाको कथा छ । चलचित्रको टिजरले दर्शकको ध्यान तान्ने देखिन्छ ।

फागुनको ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रले पहिलो सन्तानको प्रतीक्षा गरिरहेका एक दम्पतीको जीवनमा एकाएक आइपर्ने एउटा घटना र त्यसले निम्त्याएको परिस्थितिको कथामा यो चलचित्र बनेको छ ।

यो चलचित्रमा सरिना मगर, अंकित खड्का, अनोज पाण्डे, पुस्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, कमल कार्की, रश्मी मगर र गोपाल कटुवालको मुख्य भूमिका छ ।

जुनिम गहतराजको निर्देशनमा तयार भएको यो चलचित्रमा धनकुमार गहतराज, सविना मगर, मनिष गौतम, दीपिका गजमेरको लगानी छ ।

निर बहादुर गहतराज र रोशन रोय कार्यकारी निर्माता रहेको चलचित्रमा अनिरुद आत्रेय र हुसेनको लेखन, हरि बहादुर घलेको छायांकन, नहकुल खड्काको सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया