Close sidebar

‘मायाबी’को ‘सितारा जडेको’ गीत रिलिज, दीपिकाको बिहेमा भावुक पल

माघ ८, २०८१

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मायाबी’ गीतसंगीत र आक्रामक प्रचारका कारण चर्चामा छ । फिल्मको दुई वटा गीत यसअघि सार्वजनिक भइसकेका छन् । अब, यसको निर्माणपक्षले चलचित्रमा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ ।

यो गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द छ ।
दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ ।

यो गीतको अडियो कर्णप्रिय छ । गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ बर्णन गरेको छ । यो चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन् । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो चलचित्रमा नेम महर्जनको पनि लगानी छ ।

यो गीतले कथावस्तुको बारेमा केही गहनता बोलेको छ । चलचित्रमा पल र दीपिकाको सम्बन्ध के, उनको भावुकताको कारण के हो भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया