चलचित्र ‘जुना’को टिजर सार्वजनिक भएको छ । बाल बिबाह गर्दा छोरीले पाउने दुख र पीडाको कथामा यो चलचित्र बनेको छ ।
दीपक प्रसाद घिमिरेको निर्माणमा तयार भएको यो चलचित्रमा जीवन सेन्चुरीको निर्देशन छ । यो चलचित्रमा अस्मिता ढकाल, कृष्ण प्रसाद धिताल, देशभक्त खनाल र रश्मि भट्टको मुख्य भूमिका छ ।
चलचित्रको टिजरमा सानो उमेरमै छोरीको बिहे गर्दा उसले पाउने दुख, पीडाको कथालाई देखाइएको छ ।
यो चलचित्रको थुप्रै स्थानमा च्यारेटी शो समेत भइसकेको छ । चलचित्र हेरेर दर्शकहरु रुँदै निस्किएका थिए । कतिपय स्थानमा त चलचित्र हेरेर दर्शकहरु अस्पताल समेत भर्ना भएको निर्माणपक्षले बताएको छ ।
रामेश्वर हुमागाँइको छायांकन रहेको यो चलचित्र माघको २५ गतेबाट रिलिजमा आउन लागेको हो ।