Close sidebar

तुलसीको नयाँ फिल्म ‘पहाड’ घोषणा

माघ १, २०८१

अग्रज निर्देशक तुलसी घिमिरे नयाँ चलचित्र ‘पहाड’ घोषणा गरेका छन् । पछिल्लो चलचित्र ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर चलचित्रको शिर्षक घोषणा गरेका हुन् ।

माघ ६ गतेदेखि छायांकन गर्ने तयारी रहेको फिल्मको सार्वजनिक टाइटल मोसनलाई ट्राइडेन्ट भिएफएक्सका सुनिल थापाले तयार गरेका हुन् भने पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।

विपिन कार्कीको अभिनय रहने चलचित्रमा लेखन तथा निर्देशन तुलसी घिमिरेको रहनेछ । यसमा ओजश्वी केसी निर्माता, प्रमोद प्रधान डिओपी, रञ्‍जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् ।

रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको चलचित्र नेपालमा वैङ्क्टेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको टाइटल मोसन ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया