फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मायावी’को `टल टल टल्कियो´ बोलको गीत रिलिज भएको छ । केही दिन अघि मात्रै दुई नयाँ पोस्टर सार्वजनिक गरेको चलचित्रले आज दोश्रो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार नायक पल शाह,नायिका दीपिका प्रसाइ,सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खानकोलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा प्रेममा पाएको धोका र बिछोडलाई रमाइलो नृत्य मार्फत प्रस्तुत गरिएको छ । गीतमा स्वर भर्ने काम गायक एसडि योगि र रेश्मा पुनले गरेका छन् । जहाँ राम अबिरल बिष्टको शब्द रहेको छ भने संगीत एसडि योगिकै रहेको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी छ । चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन् । साथै, चलचित्रमा राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् ।
चलचित्रमा पल र दीपिकाको साथा सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खानको अभिनय छ । साथमा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् ।
चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ । राकेश दाहालले पोस्टरको डिजाइन गरेका हुन् । विकास खतिवडाले पोस्टरका लागि फोटोसुट गरेका हुन् ।चलचित्र ‘मायावी’ले प्रेम, विछोड र मित्रताको कथा भन्छ । सांगीतिक प्रेम कथामा बनेको चलचित्रलाई बर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।